१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

संसदीय गतिरोधले प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।

मंगलबार दुई पटकसम्म सारिएको बैठक अन्ततः बस्दै नबसी भोलि (बुधबार) दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो।

मंगलबार बिहान ११ बजेका लागि निर्धारित बैठक सुरुमा दिउँसो २ बजे बस्ने गरी सारिएको थियो। तर, उक्त समयमा पनि दलहरूबीच सहमति कायम हुन नसक्दा बैठक सञ्चालन हुन सकेन।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा (एकीकृत समाजवादी) लगायतका विपक्षी दलहरूले ‘भिजिट भिसा प्रकरण’ मा गृहमन्त्री लेखक मुछिएको आरोप लगाउँदै उनको राजीनामालाई प्रमुख माग बनाएर सदन अवरोध जारी राखेका छन्।

सदन सञ्चालन हुन नसक्ने स्थिति उत्पन्न भएपछि संसद् सचिवालयले सूचना टाँस गरी बैठक बुधबारका लागि सारेको हो।

प्रकाशित: २० जेष्ठ २०८२ १५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App