मंगलबार (भोलि) संसद् बैठकअघि विपक्षी दलहरूको बैठक बस्ने भएको छ।
माओवादी नेता वर्षमान पुनका अनुसार संसद् बैठकअघि विपक्षी दलहरूको बैठक बस्न लागेको हो।
बैठकमा माओवादीको अलवा रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायत सहभागी हुने छन्। बैठकमा मुख्यतः गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणका बारेमा छलफल हुनेछ।
विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान लिएका छन्।
यसअघि गत जेठ १४ गते बसेको बैठक पनि विपक्षी दलहरूकै अवरोधपछि स्थगित भएको थियो।
भोलिको बैठकमा पनि अवरोध कायमै राख्ने यी दलहरूको निर्णय छ। यसपछि अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेतासँग छलफल गरेका छन्।
प्रकाशित: १९ जेष्ठ २०८२ १६:५९ सोमबार





