१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

संसद् अवरोध यथावत् राख्ने माओवादीको निर्णय

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् अवरोध यथावत् राख्ने निर्णय गरेको छ। सोमबार (आज) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव तथा सांसद वर्षमान पुनले बताए।

'जुन परिस्थिति छ, उहाँ (गृहमन्त्री रमेश लेखक) ले पठाएपछि सहसचिव त्यहाँ जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने, उहाँकै सचिवालयमा यस्तो केसमा परेकाहरू हुने, यस्ता अस्वाभाविक गतिविधिहरू हामीले देख्यौँ, यसले उहाँलाई पनि विवादमा तान्यो,' उनले भने, 'यसका लागि छानबिन आयोग बन्नुपर्‍यो। तर, उहाँमाथि प्रश्न उठिसकेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्दा नै उपयुक्त हुन्छ।'

यो विपक्षले मात्रै भनेको नभएर आम जनताले पनि यसै भनिरहेको पुनले बताए। 'यो आम मिडियाले भनिरहेको छ, जनताको तहमा विश्वास छैन, भिजिट भिसा प्रकरणमा सेटिङ, भ्रष्टाचार भएको छ, अनियमितता भएको छ भन्ने स्पष्ट छ, छानबिनले देखाउँछ। यसका लागि उहाँले राजीनामा दिनुपर्छ,' उनले भने।

प्रकाशित: १९ जेष्ठ २०८२ १६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App