१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

दाहालको टिप्पणी: राजावादी भाडाका मान्छे ल्याएर चुरीफुरी गर्दै छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूले भाडाका मान्छे ल्याएर काठमाडौंमा चुरीफुरी गरिरहेको बताएका छन्। शनिवार नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो बताएका हुन्। 

‘मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरे हुन्छ । नेपाल धेरै अघि बढिसकेको छ,’ अध्यक्ष दाहालले भने, ‘भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो। राजावादीहरूले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ।’ राजावादीसँग अलिकति पैसा भएकाले अहिले मान्छे ल्याइरहेको पनि दाहालले बताए। उनले भने, ‘उहाँहरूसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदतर्फ इङ्गित गर्दै उनले संविधानअनुसार शपथ र सेवा सुविधा लिएर विरोध गर्नु अनैतिक हुने पनि बताए। उनले भने, ‘सदनमा यही संविधान अनुसार शपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरू लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबले पनि बिलकुल बेठीक हो।’ 

राजावादीको पक्षमा जनमत समेत नरहेको अध्यक्ष दाहालले बताए। ‘राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा संविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन,’ उनले भने। 

प्रकाशित: १७ जेष्ठ २०८२ १३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App