१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

राजावादी आन्दोलनका पछाडि अमेरिका र भारत भएको गोसाईको दाबी

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले राजावादीले बिहीबारदेखि सुरु गरेको आन्दोलन विदेशी इसारामा भएको दाबी गरेका छन्। 

तुमुचो-दुगुरे-चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिको तेस्रो बृहत् उपभोक्ता भेलाको उद्‌घाटन गर्दै उनले भारत र अमेरिकाको इसारामा आन्दोलन सुरु भएको बताएका हुन्।

‘राजा ल्याउने भनेर सुरु भएको यो आन्दोलन राष्ट्रिय प्रजातन्त्र पार्टी, दुर्गा प्रसाईं वा राजाबाट फाइदा लिएका राजावादीबाट नभई विदेशी इसारामा सुरु भएको हो,’ उनको भनाइ छ। यो आन्दोलन राष्ट्रिय प्रजातन्त्र पार्टी वा कसैको बुद्धिबाट सुरु नभएको र सफल नहुने उनको दाबी छ।

फरक प्रसङ्गमा उनले भ्रष्टाचार र कमिसनतन्त्र नरोकिएसम्म कुनै पनि राजनीतिक व्यवस्थामा देशले विकासको गति लिन नसक्ने बताए। ‘बागमती प्रदेशमा अहिले कमिसनका लागि बजेट माग्नेको ताँती लागेको छ, सबैले कमिसनका लागि र्‍याल चुहाइरहेका छन्,’ उनले भने। ‘कमिसनका लागि होइन, साँचो अर्थमा विकासको नमुना भक्तपुर बनेको छ,’ उनको भनाइ छ।

प्रकाशित: १५ जेष्ठ २०८२ १९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App