२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री खनाल र ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीबिच भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले  शिष्टाचार भेटवार्ता गरेकी छिन्।

शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटवार्तामा उनीहरुबीच नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा समेत छलफल गरेका थिए।

प्रकाशित: ३० आश्विन २०८३ १५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App