१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राजावादीले शुक्रबार माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने, पहिलो दिनको प्रदर्शन शान्तिपूर्ण

प्रतिनिधि सभाको पाँचौ ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र (राप्रपा) सहितका दल र समूहले सुरु गरेको प्रदर्शनलाई भोलि शुक्रबार पनि निरन्तरता दिने भएका छन् । राप्रपासहितका राजावादी समूहले आन्दोलनको सुरुवात भएको भन्दै पहिलो दिनको आन्दोलन शान्तिपूर्ण भएको दाबी गरेको हो ।

कार्यक्रममा सहभागी नेताहरुले राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने उद्घोष गर्दै शुक्रबारको कार्यक्रममा पनि सहभागी हुन आह्वान गरे । राप्रपा नेपालका नेता कमल थापाले बिहीबार जहाँजहाँबाट जुलुस निस्किएको थियो सोही ठाउँबाट शुक्रबार पनि जुलुस निकाल्न आग्रह गरे । १२ बजेबाट सुरु भएको उक्त र्याली दिउँसो एक बजेभित्र माइतीघर र बिजुली बजार क्षेत्रमा जम्मा हुने नेता थापाको भनाइ थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबारको प्रदर्शन कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताए।

कार्यक्रममा घुसपैठ गर्न खोजेको आरोपमा प्रदर्शनकारीले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका थिए।

प्रकाशित: १५ जेष्ठ २०८२ १७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App