१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संसद्‌मा जारी अवरोध हटाउन सचेतकहरूसँग छलफलमा सभामुख

संसद्‌मा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरिरहेका छन्।

प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र),सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान लिएका छन्।

यसअघि बिहान ११ बजे बसेको बैठक पनि यिनै दलहरूको अवरोधकै कारण अवरुद्ध भएको थियो। दलहरूको नाराबाजीपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, निर्धारित समयभित्र बस्न सकेन र संसद् सचिवालयले साढे २ बजेसम्म सरेको जानकारी सूचनामार्फत गरायो तर, साढे २ मा पनि बस्न सकेन।

अहिले साढे ३ बज्दासमेत बैठक सुरु हुन सकेको छैन। सभामुख घिमिरेले माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूसँग छलफल गरिरहेका छन्।

प्रकाशित: १३ जेष्ठ २०८२ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App