१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले स्वीकृत गर्‍यो श्रेष्ठ र शाहको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ।

आइतबार (आज) बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो।

श्रेष्ठले पार्टीमा 'एक पद, एक व्यक्ति' हुनुपर्ने बताउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। उनी अहिले प्रतिनिधिसभा सदस्य हुन्।

यस्तै शाहले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेर नेतृत्व विकासका लागि काम गर्ने सोचे पनि पार्टीले त्यसका प्रति प्राथमिकता नदिएकाले राजीनामा दिएको बताएका छन्।

प्रकाशित: ११ जेष्ठ २०८२ १९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App