१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नताबारे छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ। आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक बस्ने भएको हो।

बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको प्रतिशोधपूर्ण झुठा मुद्दाको आगामी प्रक्रियाबारे छलफल हुने बताइएको छ। साथै भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर, तेस्रो स्थापना दिवस (असार ७)को कार्यक्रमलगायत विविधबारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: ११ जेष्ठ २०८२ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App