३ असार २०८२ मंगलबार
image/svg+xml
राजनीति

राम्रो लेखक बन्न धेरै पढ्नुपर्छ: शिक्षामन्त्री पन्त

फाइल।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो लेखक बन्नका लागि धेरै पढ्नुपर्ने र अब्बल पाठक हुनु अनिवार्य रहेको बताएका छन्।

साहित्यकार कल्पना रिजालको उपन्यास ‘डाँफे’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले अरुले लेखेका कृतिहरू नपढी लेख्ने व्यक्ति सफल साहित्यकार बन्न नसक्ने स्पष्ट पारे।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको उक्त उपन्यास राष्ट्र, राष्ट्रियता, देशभक्तिपूर्ण भावका साथै सीमा समस्या र त्यसको समाधानमा केन्द्रित रहेको समालोचक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए।

उपन्यासकार रिजालले पाठकको माया र हौसलाले नै आफू तेस्रो पुस्तक प्रकाशन गर्न सफल भएकोमा आभार व्यक्त गरे।

मन्त्री पन्त, समालोचक ज्ञवाली, लेखक रिजाल, कथाकार भागीरथी श्रेष्ठ लगायतले संयुक्त रूपमा उपन्यासको लोकार्पण गरेका थिए।

लेखक रिजालका यसअघि नियात्रा विधाका दुई पुस्तक ‘युरोपसँगैका अनुभूति’ र ‘अर्थदङ्श’ प्रकाशित भइसकेका छन्।

प्रकाशित: १० जेष्ठ २०८२ १९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App