१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा

यही जेठ ११ र १२ गते सातवटै प्रदेशमा आयोजना हुने ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरु आ–आफ्ना प्रदेशतर्फ प्रस्थान गरेका छन्।

छलफलमा सङ्घीयता कार्यान्वयन, वित्तीय सङ्घीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचारविमर्श हुने संसद् सचिवालयले जनाएको छ।

कोशी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेसमा मोहम्मद खालिद र बागमती प्रदेशमा गङ्गाकुमारी बेलबासेले गर्नेछन्।

यसैगरी, गण्डकी प्रदेशका लागि कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका लागि मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सबै सदस्य छलफमा सहभागी हुनेछन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल बागमती र उपाध्यक्ष विमला घिमिरे लुम्बिनी प्रदेशको छलफल तथा मनोनित सदस्य अञ्जान शाक्य कर्णाली प्रदेशको कार्यक्रममा सहभागी हुने जनाइएको छ।

प्रकाशित: १० जेष्ठ २०८२ १५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App