१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

राजसंस्था पक्षधरको आन्दोलनलाई आइडियुको समर्थन

नेपालमा जारी राजसंस्थावादी आन्दोलनलाई सम्बर्धनवादी दलहरुको अन्तर्राष्ट्रिय संस्था “इन्टरनेशनल डेमोक्रेसी युनियन” आइडियु समर्थन गरेको छ।

आइडियुले नेपालमा जारी राजसंस्थावादी आन्दोलनका सम्बन्धमा दृढ ऐक्यबद्धता व्यक्त गरेको छ। साथै लोकतन्त्रका मूल्य, शान्तिपूर्ण राजनीतिक अभिव्यक्तिको अधिकार र नागरिकको प्रजातान्त्रिक र मौलिक स्वतन्त्रताको संरक्षणप्रति आफ्नो अटल प्रतिबद्धता जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट आइडियुको सदस्य रहेको एक मात्र पार्टी हो। जर्मनीको म्युनिखमा मुख्यालय रहेको आइडियुमा  ६० भन्दा बढी देशका ८० वटा पूर्ण तथा एशोसियट सदस्य दलहरू रहेका छन्।

यसैबीच, आइडियुले समर्थन गरेको प्रति राप्रपाले स्वागत गरेको छ । 

प्रकाशित: ९ जेष्ठ २०८२ १८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App