१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

लिङ्देनलाई थापाको जवाफ- तपाईंको त उम्रिँदै होइन, नउम्रिँदै तीन पात देखिँदैछ

नेकपा (एमाले) नेता सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले 'ठूलो कुरा' गरेको बताएका छन्।

यसअघि लिङ्देनले राजावादी आन्दोलन चर्काउने तर, प्रधानमन्त्रीलाई भने हेलिकोप्टरमार्फत भाग्ने सुविधा दिने अभिव्यक्ति दिएका थिए।

त्यसको जवाफस्वरूप थापाले लिङ्देनले ठूलो कुरा गरेको बताएका छन्। 'माननीय लिङ्देनजी, धेरै ठूलो कुरा गर्नुभएछ, जानकारी भयो। बहालवाला प्रधानमन्त्रीलाई भाग्नका लागि हेलिकोप्टरको समेत व्यवस्थाको कुरा गर्नुभएछ, थाहा भयो,' थापाले फेसबूकमा लेखेका छन्।

उनले लिङ्देनले 'नउम्रिँदै तीन पात' देखाएको टिप्पणीसमेत गरेका छन्। 'तपाईंको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्वआन्दोलनकारीहरूले कसरी बुझौँ ? प्रतिस्पर्धा–सहअस्तित्व-सहकार्यको रूपमा कि, ‘कि तँ छैनस्–कि म छैन’को निषेधकारी दृष्टिकोणमा ? एक पटक ठण्डा दिमागले सोच्नुहोस्, जुनसुकै शर्त मञ्जुर छ। जनताले पराजित गरेकाहरू संविधानको धारा (७) जपिरहनु भएको छ, तपाईंको त उम्रिँदै होइन, नउम्रिँदै तीन पात देखिँदैछ,' उनले भनेका छन्।

प्रकाशित: ६ जेष्ठ २०८२ १७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App