२४ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

कम्तीमा ६९ हुनुपर्ने सांसदको सङ्ख्या ६५ मात्रै देखिएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

'नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रस्ताव वा प्रश्न निर्णायार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाइ गणपूरक सङ्ख्या यकिन गर्दा यो प्रस्ताव गणपूरक सङ्ख्या निर्णयार्थ पेस गर्न गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको सङ्ख्या ६५ रहेकोले गणपूरक सङ्ख्या नपुग भएको देखिएकोले यो बैठक आजै १५ मिनेटको लागि स्थगित हुन्छ,' सभामुख घिमिरेले भने।

त्यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक सङ्ख्या जाँचको माग गरेका थिए। त्यसअनुरूप गणपूरक सङ्ख्या जाँच गर्दा नपुग्ने देखिएको हो।

त्यसअघि सभामुख घिमिरेले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसलगत्तै पाण्डेले गणपूरक सङ्ख्या यकिन गर्न माग गरेका थिए। 

प्रकाशित: ६ जेष्ठ २०८२ १५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App