१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

४ बजे गभर्नर सिफारिस बैठक, ५ बजे मन्त्रिपरिषद

आज (मंगलबार) मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने भएको हो।

हिजो (सोमबार) नियमित रूपमा बस्नुपर्ने बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण अन्तिम समयमा स्थगित भएको थियो। यसका कारण आज मन्त्रिपरिषदको बैठक नियमित रूपमा बस्ने तालिका रहेको छ।

आजै अपरान्ह ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै छ भने यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको थियो।

सम्भवत: आजै गभर्नर नियुक्त हुन सक्ने छन्।

प्रकाशित: ६ जेष्ठ २०८२ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App