१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

अर्थमन्त्रीले बल्ल डाके गभर्नर सिफारिस समितिको बैठक

अन्तत: अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्।

शीर्ष तहका नेताहरूसँगको भेटघाटपछि समितिको बैठक बोलाइएको हो। आज अपरान्ह बैकठ बस्ने भएको हो।

सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच लामो समयदेखि गभर्नर नियुक्तिलाई लिएर रस्साकस्सी भइरहेको थियो। जसले गर्दा उनीहरूबिच सम्बन्ध चिसिएको थियो। यसै कारण सिफारिस समिति गठन भएदेखि नै बैठक बस्न सकेको थिएन।

प्रकाशित: ६ जेष्ठ २०८२ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App