२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

सूचनाको हक पारदर्शिताका लागि आवश्यक: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताएका छन्। उनले पारदर्शिता र पारदर्शिता मार्फत सुशासन कायम गर्न पनि सूचनाको हक आवश्यक रहेको धारणा राखे।

मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडाैंमा आयोजना गरेको मन्त्रालय स्तरीय सूचना अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रमलाई बोल्दै गृहमन्त्री लेखकले संविधानमा सूचनाको हकलाई मौलिक हकका रुपमा राखेको बताए।

“सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन” उनले भने,“ कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन् । ती सूचना दिन जरुरी हुँदैन, शान्ति सुरक्षा र मुलुकको प्रतिरक्षासँग जोडिए सूचना हुन्छन् । वैदेशिक सम्बन्ध र कूटनीतिक सम्बन्धहरूसँग जोडिएका हुन्छन् । अब ती सूचनाहरू पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिई छोड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन ।”

उनले मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने बताए। “संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ, । सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु” उनले भने,“ गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी हुँदैन । सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनु ।”

प्रकाशित: ६ जेष्ठ २०८२ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App