१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँलाई कर्णाली प्रदेशको कार्यभार

तस्बिर : यज्ञराज जोशी (बायाँ), नजिर मियाँ (दायाँ)

राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको अनुपस्थितिमा उनलाई जिम्मेवारी दिइएको हो।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार जोशी आजदेखि अर्को साताकाे मंगलबारसम्म अमेरिकाकाे निजी भ्रमणमा रहने भएका छन्। उनकाे अनुपस्थितिमा मन्त्रिपरिषद्को सिफारिसबमोजिम यो व्यवस्था गरिएको हो।

प्रकाशित: ५ जेष्ठ २०८२ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App