१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, सञ्चार मन्त्रीले 'चलचित्र विधेयक २०८१' पेस गर्ने

आज (सोमबार) राष्ट्रिय सभाको बैठक बस्दै छ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक बस्ने छ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०८०/८१ सभा समक्ष पेस गर्ने छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले ‘चलचित्र विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने छन्।

साथै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। 

प्रकाशित: ५ जेष्ठ २०८२ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App