१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

विवादका बीच सुदूरपश्चिममा चौधरी मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरी मन्त्री नियुक्त भएका छन्।

चौधरी आइतबार (आज) प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका हुन्। उनले आजै साँझ शपथ ग्रहण गर्ने जनाइएको छ। 

चौधरी विवादका बाबजुद मन्त्री नियुक्त भएका हुन्। केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले भने उनको नभई अर्का सांसद कैलाश चौधरीको नाम सिफारिस गरेकी थिइन्।

मन्त्री नियुक्त रामेश्वर चौधरी पार्टी संरक्षक रेशम चौधरी निकट मानिन्छन्। प्रदेश संसदीय दलको बैठकले कैलाश चौधरीको नाम नभई रामेश्वर चौधरीको नाम सिफारिस गर्‍यो। 

यसपछि अर्का सांसद खुसीराम डगौरा थारुले मुख्यमन्त्री कमलबहादुर शाहलाई रामेश्वरको शपथ रोक्न पत्राचार गरेका छन्। यो विषयले रेशम चौधरी र रञ्जिता श्रेष्ठका बीचमा पुन: विवाद आएको बताइन्छ।

प्रकाशित: ४ जेष्ठ २०८२ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App