१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संघीय संसदका तीन समितिको बैठक बस्दै

आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छ।

संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छ। जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बस्ने छ। यो बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेस गरिने भएको छ।

यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही प्रगति एवं आगामी कार्ययोजनाका बारेमा छलफल हुनेछ। जुन बैठक बिहान ११ः३० बजेबाट सुरु हुने छ।

आजै दिउँसो १ बजेबाट सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा भने ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल हुने जनाइएको छ।

प्रकाशित: ४ जेष्ठ २०८२ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App