१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री राणासँग बिमस्टेकका महासचिवको भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज (शनिबार) शिष्टाचार भेटवार्ता गरेका छन्।

त्यस अवसरमा मन्त्री डा. राणाले विमस्टेकका उद्देश्य र सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्‍याएकी थिइन्। सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका उनले आज यहाँ मन्त्री डा. राणासँग सो साइडलाइन भेट गरेका हुन्।

साथै, बिमस्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा पनि कुराकानी भएको थियो।

त्यसैगरी, परराष्ट्र मन्त्री डा. राणासँग किर्गिस्तानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज नै शिष्टाचार भेटवार्ता गरेका थिइन्।

सगरमाथा संवादका लागि नेपालमा रहेकी निदाराले मन्त्री डा राणासँग आज होटल सोल्टीमा सो शिष्टाचार भेटवार्ता गरेकी हुन्। सो भेटकाक्रममा मन्त्री डा. राणाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरिन्।

साथै, सो भेटमा किर्गिस्तान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युतलगायतका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा पनि कुराकानी भएको थियो।

प्रकाशित: ३ जेष्ठ २०८२ १९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App