२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

गभर्नर नियुक्तिमा ढिलाइले आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताएका छन्। उनले चाँडै यो पदमा नियुक्ति गर्न आग्रह गरेका हुन्।

आज बैतडीको पाटनबाट नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) को मध्यपहाडी (लोकमार्ग पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियान सुरु गर्दै पूर्वप्रधानमन्त्री दाहालले राष्ट्र बैंकको गभर्नर तुरुन्त नियुक्त गर्नुपर्नेमा ढिलाइ भएकोमा विरोध जनाए।

‘गभर्नर तुरुन्त नियुक्त हुनुपर्ने हो, तर अहिलेसम्म गरिएको छैन, यो जनताको हितविपरीत छ,’ उनले भने। तराई, पहाड र हिमाललाई जोड्न र आर्थिक समृद्धिमा योगदान दिन मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गरिएको उनले बताए।

पहाडका जनताका समस्या समाधान गर्न सरकारलाई खबरदारी गरिने उनको भनाइ छ। सुदूरपश्चिमको विकासबिना देशको विकास सम्भव नहुने उनको भनाइ थियो। रासस

प्रकाशित: २ जेष्ठ २०८२ २१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App