राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह-कोषाध्यक्ष दीपक बोहराले कुलमान घिसिङलाई पदबाट हटाउँदा विरोध नगर्नेहरूप्रति कटाक्ष गरेका छन्।
'कुलमान हटाउँदा पनि सडकमा जान नसक्ने हामी जस्तालाई लोडसेडिङ भएको ठिकै हो,' बोहराले फेसबूकमा लेखेका छन्।
उनी अगाडि लेख्छन्, 'मेरो घरमा मात्र होइन, देशैभर बत्ती गइरहेको सत्य हो। लोडसेडिङ गराउन, इमर्जेन्सी लाइट र इन्भटरको व्यापार गर्न कुलमान घिसिङलाई हटाएको पनि सत्य हो।'
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले गत २०८१ चैत ११ गते पदबाट हटायो र हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्यो।
तर, संयोगवश त्यसयता नै बत्ती जाने र आउने समस्या देखियो। हिजोआज यो समस्या थप बढेको छ। मुख्यत: जेठ १ र २ गते यो समस्या देखिएको छ। यही सन्दर्भमा बोहराले यसरी कटाक्ष गरेका हुन्।
प्रकाशित: २ जेष्ठ २०८२ १६:३३ शुक्रबार