राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले विरोधी विचारलाई निषेध गर्ने योजना नै बनाएर काम गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार (आज) संसद्मा जारी विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै लिङ्देनले यस्तो बताएका हुन्।
'सरकारले आस्थाका आधारमा पचासौं मानिसहरूलाई थुनामा राखेको छ र एकपछि अर्को मुद्दा लगाइराखेको छ। एकपछि अर्को मानिसहरूलाई पक्रिने काम गरिरहेको छ। सरकारले विरोधी विचारलाई निषेध गर्ने योजना नै बनाएर काम गर्ने गरिरहेको छ,' उनले भने।
संविधानको धारा १७ ले मौलिक हकको व्यवस्था गरेको र त्यसमा स्वतन्त्रताको अधिकार भएको लिङ्देनले उल्लेख गरे। तर, त्यसको सरकार आफैँले उल्लङ्घन गरिरहेको उनले बताए।
'मौलिक हक र निर्देशक सिद्धान्तको उल्लङ्घन सरकारकै तर्फबाट भइरहेको बेला; भनेको संविधानको धारा १७ ले मौलिक हकअन्तर्गत चाहिँ स्वतन्त्रको व्यवस्था गरेको छ। त्यसमा विचार र अभिव्यक्तिको स्वतन्त्र छ, बिना हातहतियार भेला हुने स्वतन्त्रता छ, राजनीतिक दल खोल्ने स्वतन्त्रता छ, सङ्घ-संस्था खोल्नेलगायतका स्वतन्त्रता छ,' उनले भने।
यो पनि पढ्नुहोस्
लिङ्देनले भने: सरकार नै भन्देओस्–राजा मान्नेहरू विद्रोहमा जाऊ, जङ्गल पस
प्रकाशित: २ जेष्ठ २०८२ १६:०४ शुक्रबार





