६ असार २०८२ शुक्रबार
image/svg+xml
राजनीति

'हाम्रो मानसपटलमा लोकप्रियतावादले डेरा जमायो'

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले नेताहरूको मानसपटलमा लोकप्रियतावादले डेरा जमाएको बताएका छन्।

शुक्रबार (आज) संसद्‌मा जारी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै गुरुङले यस्तो बताएका हुन्। 

'हामी लोकप्रियतावादमा रमाएकै हौँ। हाम्रो मानसपटलमा लोकप्रियतावादले डेरा जमायो। जुन लोकप्रियतावाद वास्तवमा खराब पाटो हो। त्यसैले पनि उत्पादनमा शिथिलता र वितरणमा प्रतिस्पर्धा भयो,' उनले भने।

उनले थप व्याख्या गरे। 'जस्तै: एक लिटर दूध लिएर हामीले दुईजनालाई आधा-आधा गर्न सक्छौँ। तर, एक लिटर दूध लिएर १०० जनालाई लाइन लगाइदियौँ भने त्यहाँ हानाहान, तानातान हुनसक्छ। त्यसैले उत्पादन बिनाको वितरण अथवा वितरणमुखी कुरा हामीले सोच्न पनि सक्दैनौँ,' उनले भने।

उनले नेताहरूले समाजवाद शब्दको खेती मात्रै गरिरहेको बताए। 'समाजवाद शब्दको खेती गर्नुभन्दा समजावाद शब्दको कार्यान्वयन गर्ने आजको प्रमुख दायित्वबाट विचलित हुनुहुन्न भन्ने हो। त्यसैले उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर हामीले समाजवादलाई कार्यान्वयन गर्नुपर्दछ,' उनले भने।

गुरुङले नेपालको अर्थतन्त्रलाई 'क्रोनी क्यापिटलिज्म' ध्वस्त पारिरहेको बताए।

प्रकाशित: २ जेष्ठ २०८२ १५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App