१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

संसद्को पोडियममा उभिएर सांसद कार्की भन्छिन्- हामी यहाँ नौटङ्की गर्न उभिएका छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले संसद्‌मा जारी विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफललाई 'नौटङ्की' भनेकी छन्।

बिहीबार (आज) जारी बैठकमा सांसद कार्कीले यस्तो बताएकी हुन्। 

'बजेट कस्तो आउँछ भन्नेमा धेरै आशा नगरौँ, किनभने बजेट सकिसक्यो पनि। यहाँ हामीहरू चाहिँ नाटक गर्न, नौटङ्की गर्न उभिएका छौँ। जसो जसो सरकारले भन्छ, त्यस्तै यहाँ अभिनय गर्नुपर्‍यो,' उनले भनिन्।

उनले सरकारले गरेर नखाने टिप्पणी पनि गरिन्। 'यो सरकारले त्यति गरि खाँदैन भनेर सुरुदेखि नै भनिरहेको छु म,' उनले भनिन्। 

उनले सरकारले निजी क्षेत्रलाई सौतेनी व्यवहार गर्ने गरेको पनि बताइन्। 'प्राथमिकतामा निजी क्षेत्रसँग विकास सहकार्य समन्वयन गर्ने भनेर भनिएको छ तर, सरकार निजी क्षेत्रलाई सौतेनी व्यवहार गर्छ,' उनले भनिन्।

प्रकाशित: १ जेष्ठ २०८२ १६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App