१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रुसी सेनामा नेपालीको भर्ना रोक्न प्रधानमन्त्रीले पुटिनलाई पठाए सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपाली नागरिकहरूको भर्ना प्रक्रिया तत्काल रोक्न रुसी सरकारसमक्ष आग्रह गरेका छन्।

उनले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नरहेको स्पष्ट पार्दै राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष यो सन्देश पुर्‍याइदिन रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभलाई आग्रह गरे।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्री ओलीले उक्त विषय उठाएका हुन्।

प्रधानमन्त्री ओलीले रुसी सेनामा नेपालीहरूको भर्ना नेपालको स्थापित मान्यता र दुई देशबीचको सम्झौताविपरीत भएकोतर्फ ध्यानाकर्षण गराएका थिए।

जवाफमा प्रमुख कासिकोभले अब उप्रान्त रुसी सेनामा नेपालीहरूको भर्ना नगरिने विश्वास दिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले प्रधानमन्त्री ओलीको सन्देश राष्ट्रपति पुटिनसमक्ष पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेको बताइएको छ।

यो पनि पढ्नुहोस्

पुटिनलाई प्रधानमन्त्रीले दिए नेपाल भ्रमणको निम्तो

प्रकाशित: १ जेष्ठ २०८२ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App