२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

पुटिनलाई प्रधानमन्त्रीले दिए नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा रुसी महासङ्घअन्तर्गतको प्रतिनिधिमण्डलसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले उक्त निमन्त्रणा सन्देश राष्ट्रपति पुटिनसमक्ष पुर्‍याइदिन आग्रह गरेका हुन्।

भेटका अवसरमा महासङ्घ अन्तर्गतको काल्मिकियाका प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएका थिए। सोही अवसरमा प्रधानमन्त्री ओलीले पनि राष्ट्रपति पुटिनका लागि भ्रमणको निम्तो पठाएका हुन्।

 

यो पनि पढ्नुहोस्

रुसी सेनामा नेपालीको भर्ना रोक्न प्रधानमन्त्रीले पुटिनलाई पठाए सन्देश

प्रकाशित: १ जेष्ठ २०८२ १४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App