१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

को-को परे सत्य निरूपण र बेपत्ता आयोगमा?

पीडित पक्षको असहमतिबिच संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त भएका छन्। सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वनायबमहान्यायाधिवक्ता महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौला नियुक्ति भएका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन मन्त्रालयको प्रस्तावमा दुवै आयोगमा अध्यक्ष र सदस्यहरू गरी १० जना पदाधिकारी नियुक्त गरेको हो। यस्तै, सत्य निरूपण आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारीकौशल्य ओझा नियुक्त भएका छन्। भने, बेपत्ता आयोगमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य नियुक्त भएका छन्।

दुवै आयोगमा पदाधिकारी छनोट गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सरकारले चैत गते दोस्रोपटक सिफारिस समिति बनाएको थियो। सिफारिस समितिको छनोटका आधारमा मन्त्रिपरिषद्ले बुधबार दुवै आयोगमा पदाधिकारी नियुक्त गरेर पूर्णता दिएको हो।

आयोगका पदाधिकारीहरूको पदावधि चार वर्षको रहने छ।

प्रकाशित: १ जेष्ठ २०८२ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App