१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज (बुधवार) बिहान ११ बजे बस्दैछ। संसद सचिवालयका अनुसार, बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोध सूचनालाई निर्णयार्थ पेस गरिनेछ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गर्नेछन्।

साथै, आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहनेछ।

प्रकाशित: ३१ वैशाख २०८२ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App