१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

‘दार्जिलिङको रेल’ किन ?, जनकपुरमा रेल कुदिराख्या छ त !

फाइल।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सिनेमा उद्योगले आफ्नै सम्पदा र सम्भावनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोषण समारोहमा बोल्दै उनले जनकपुरमा सञ्चालित रेल सेवाप्रति गर्व व्यक्त गर्दै गीत–संगीतमा विदेशी दृश्यको सट्टा स्वदेशी सम्पदालाई स्थान दिन आग्रह गरे।

“तपाईंहरूले गीत बनाउनुहुन्छ, दार्जिलिङको रेल किन ? जनकपुरमा रेल कुदिराख्या छ त ! आफूले गरेको काम किन नदेख्ने ?” उनले प्रश्न गरे।

उनले गोरखाको पालुङटारमा सिने सिटी निर्माणको प्रस्ताव अघि सार्दै त्यहाँ रेलमार्ग, मर्स्याङ्दी नदी र हिमशृंखलाहरूको प्राकृतिक सौन्दर्यले सिनेमालाई विश्वस्तरीय बनाउन सकिने बताए।

प्रधानमन्त्री ओलीले पालुङटारमा माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश हिमालदेखि लाङटाङसम्मका हिमशृंखलालाई पृष्ठभूमिमा समेटेर सिनेम्याटिक दृश्य खिच्न सकिने उल्लेख गरे।

“मर्स्याङ्दीमा हिरो–हिरोइनको दृश्य, रेलको दृश्य, डाँडा र तालहरूले सिनेमा जीवन्त हुन्छ। बन्दिपुर, डुम्रे, फेवाताल, सराङकोटजस्ता ठाउँको उपयोगले विश्वभरका फिल्ममेकर नेपाल आउँछन्,” उनले भने।

प्रकाशित: ३० वैशाख २०८२ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App