सिन्धुलीको दुधौलीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारले ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको ज्यान गएको हो।
उदयपुरको कटारीबाट डकाहातर्फ जाँदै गरेको बीएबी ०१८८ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
प्रहरीले कार चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित: ३० वैशाख २०८२ १५:१० मंगलबार





