१ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

सरकारी मिडियाले पनि सरकारको नराम्रो काम लेख्नुपर्छ : सञ्चारमन्त्री

वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ। तस्बिरः गोविन्द/नागरिक

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी मिडियाले पनि सरकारले गरेको नराम्रो कामको बारेमा समाचार लेख्नुपर्ने बताएका छन्। मन्त्री गुरुङले तथ्यमा रहेर सरकारका विरुद्ध पनि सरकारी मिडियाले समाचार लेख्न आग्रह गरेका हुन्।

वीरेन्द्रनगरमा युग आह्वान राष्ट्रिय दैनिकको २५ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री गुरुङले विभिन्न समाचारका माध्यमहरू आइरहेको अवस्थामा सरकारी मिडियाले सरकारको बचाउ गर्छ भन्ने भ्रम हटाउन तथ्यसहित सरकारले गरेको गलत कार्यको समाचार आउनुपर्ने बताए।

मन्त्री गुरुङ तीन दिन सुर्खेत र दैलेखको गुराँसेमा बसेर काठमाडौं फर्किएका छन्। कर्णालीकै पहिलो युग आह्वान राष्ट्रिय दैनिकले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको थियो। कार्यक्रममा विभिन्न ठाउँमा योगदान दिनेहरूलाई युग सम्मान २०८२ ले सम्मान समेत गरिएको थियो।

प्रकाशित: ३० वैशाख २०८२ १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App