१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

लागूऔषध सहित देशका विभिन्न स्थानबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।        

झापा, बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय उत्तम कार्कीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ डेरा गरी बस्ने २५ वर्षीया निर्मला थापा मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ८० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २९ वर्षीय बसन्त तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-३ बस्ने २० वर्षीय दिवश तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-७ बस्ने ३० वर्षीय प्रेम राई र सोही गाउँपालिका-१० बस्ने ४४ वर्षीय नबिन चेम्जोङ रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३६ प ४२१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने २१ वर्षीय राहुल चौधरी र सोही नगरपालिका-२ बस्ने २४ वर्षीय समिर डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले म.२ प १४३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दाङ, घोराही उपमहानगरपालिका-१४ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिशाल बुढा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ आनन्दनगर टोल बस्ने ५७ वर्षीया नितु आचार्यलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नगद १० हजार ५० रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने  २० वर्षीय अर्जुन चौधरी, १९ वर्षीय सुरज चौधरी र २२ वर्षीय विनय चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरी, बराहक्षेत्र नगरपालिका-७ सोमबारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय धिरज राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रकाशित: २९ वैशाख २०८२ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App