१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पुर्ख्यौली थलो पुगेर राष्ट्रपतिले गरे ९ ज्येष्ठ नागरिकलाई सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा सोमबार ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्।

ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन्।

त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेको स्थानीय श्रीहरि पौडेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए। राष्ट्रपति पौडेलको पुर्ख्यौली थलो रिस्ती हो।

राष्ट्रपति पौडेल आजै काठमाडाैं फर्किने कार्यतालिका रहेको छ।

प्रकाशित: २९ वैशाख २०८२ १६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App