१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

'बुद्धको सन्देश विश्वकै लागि सान्दर्भिक'

पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बुद्धको सन्देश विश्वकै लागि सान्दर्भिक रहेको बताएका छन्।

गौतम बुद्धजयन्तीको अवसरमा सोमबार (आज) शुभकामना दिँदै भट्टराईले यस्तो बताएका हुन्।

अहिलेको चुनौतीपूर्ण समयमा सामाजिक सद्भाव, सहिष्णुता, वैज्ञानिक सोच र विवेकशील नेतृत्वको आवश्यकता दिनानुदिन बढिरहेको सन्दर्भ उल्लेख गर्दै उनले भनेका छन्, 'बुद्धका शिक्षाहरू हाम्रा मार्गदर्शक बन्न सकून्। उहाँका सन्देश विश्वकै लागि सान्दर्भिक छन्।'

प्रकाशित: २९ वैशाख २०८२ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App