१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वगभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिमा गैरकानुनी रूपमा राखिएको भन्दै अधिकारीविरुद्ध रिट परेको हो।

रिट अधिवक्ता नवीन धितालले दर्ता गराएका हुन्। उनले अधिकारी पदमा रहेकै बेला सरकारले सिफारिस समिति गठन गरेकाले सो समितिमा अधिकारीलाई राखिनु गैरकानुनी रहेको दाबी गरेका छन्।

उनले गैरकानुनी रूपमा नियुक्त सदस्य रहेको समितिले गरेको सिफारिस कार्यान्वयन नगर्न, सिफारिसअनुसार सरकारले निर्णय गरेको भए सो निर्णय बदर गर्न र तत्काल अन्तरिम आदेशमार्फत समितिलाई सिफारिस गर्न रोक लगाउन माग गरेका छन्।

प्रकाशित: २८ वैशाख २०८२ २१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App