१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

विश्व पौडेलको गभर्नर बन्ने बाटो खुला: सिफारिस समितिबाट राजीनामा दिँदै

गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेलले समितिबाट राजीनामा दिने भएका छन्।

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच उनलाई नेपाल राष्ट्र बैंकको गभर्नरका रूपमा सिफारिस गर्ने सहमति भएसँगै उनले राजीनामा दिने भएको स्रोतले जानकारी दियो।

पौडेलले अर्थ मन्त्रालयमा लिखित राजीनामा बुझाउने तयारी गरेका छन्। स्रोतमा अनुसार उनले मौखिक रूपमा भने मन्त्रालयलाई आफ्नो निर्णयबारे जानकारी गराइसकेका छन्।

नेपाली कांग्रेसले उनलाई गभर्नरका लागि प्रस्ताव गरेका थियो। यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि गभर्नर बन्ने चर्चाकाबीच समितिबाट राजीनामा दिएका थिए।

तर, उनको राजीनामा लामो समयसम्म स्वीकृत नभएपछि सत्तारूढ दलहरूले नयाँ गभर्नर सिफारिस गर्ने तयारी गरेको बताइएको छ।

विश्व पौडेलले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रकाशित: २८ वैशाख २०८२ २०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App