१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जुम्ली मार्सीबारे प्रधानमन्त्री : मैले पनि चाखेको छु, यहाँहरूलाई जानकारी नै छ

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा मार्सी चामलको प्रसङ्ग कोट्याएका छन्। आइतबार (आज) संसद्‌मा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले मार्सी चामलको प्रसङ्ग कोट्याएका हुन्।

'अगाडिदेखि त्यहाँ (कर्णाली) सन्त चन्दननाथले मार्सी चामल ल्याएर मार्सी चामल अहिले व्यापक रूपमै चर्चित पनि छ। कर्णालीको, जुम्लाको; मैले पनि जुम्लाको मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ,' उनले भने।

यसअघि २०७३ सालमा प्रधानमन्त्री ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाएका थिए। साथमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसमेत थिए। यही प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्री ओलीले आफूले पनि चाखेको भन्दै ठट्टा गरेका हुन्। 

प्रधानमन्त्री ओलीलाई मार्सी चामलको भात खुवाउने प्रसाईं अहिले थुनामा छन्। गत २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भड्किएको राजावादी प्रदर्शनपछि उनी पक्राउ परेका हुन्। 

प्रकाशित: २८ वैशाख २०८२ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App