१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बजेट च्यात्ने अवस्था नआओस् : रामहरि खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था नआउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।  

प्रतिनिधि सभामा जारी नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद खतिवडाले बजेटको समान वितरण नभए पुस्तिका च्यात्ने अवस्था आउने बताए।  

उनले भने, 'नीति तथा कार्यक्रम राम्रो आएको छ। बजेट ल्याउँदा पनि यसलाई आधार बनाएर मन्त्रीहरुको क्षेत्रमा मात्र यसलाई केन्द्रित नगरेर समान परिचालन गरिओस्। सांसदका माग भनेका केवल मन्त्रीका मागमात्र हैनन् सांसद्का माग मात्र हैनन् समग्रमा जनताका माग हुन्। आफ्ना क्षेत्रमा मात्र हैन आफ्नो क्षेत्रमा मात्र हैन समग्र प्रतिनिधित्व गर्ने सांसदका क्षेत्रमा समावेशी र समानुपातिक पद्यतीका आधारमा बजेट बाढ्ने प्रक्रियाको सुरुवात होस्। छिटै बजेट आउँदैछ। म आग्रह गर्न चाहान्छु, माननीय मन्त्रीको क्षेत्रमा अलिकति धेरै र सांसदको क्षेत्रमा कम भयो भने बजेट च्यात्ने अवस्था नआयोस्, म मन्त्री ज्यूहरुलाई आग्रह गर्न चाहान्छु।'

प्रकाशित: २८ वैशाख २०८२ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App