१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जसपा नेपाल धनुषा जिल्ला नेतृत्व छनोटका लागि मतदान हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको नयाँ नेतृत्व छनोटका निर्वाचन हुने भएको छ। जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बिहीबारदेखि जारी प्रथम जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति हुन नसकेपछि चुनावी प्रक्रिया सुरु भएको हो।

निर्वाचन समिति अध्यक्ष मण्डलका सदस्य प्रेमचन्द्र झाले बिहान दस बजेदेखि जनकपुरधामस्थित उद्योग वाणिज्य संघ धनुषाको सभाहलमा मतदान सुरु भइसकेको जानकारी दिए। १० बजेदेखि सुरु भएको मतदान दिउँसो दुई बजेसम्म हुनेछ।

३२ सदस्य जिल्ला कार्यसमिति छनौटका लागि भइरहेको निर्वाचनमा ७ जना पदाधिकारीमा २२ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै २५ जना सदस्यमा ४९ जनाले उम्मेदवारी दिएका निर्वाचन समितिले जानकारी दिएका छन्।

निर्वाचन समितिका अनुसार अध्यक्षमा पशुपति यादव र शत्रुधन यादवले उम्मेदवारी दिएका छन्। यसअघि सर्वसम्मतिमा दुईपटक अध्यक्ष बनेका पशुपति यसपटक पनि जिल्ला नेतृत्व लिन चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। जसपा नेपाल विभाजन भएपछि प्रथम पटक जिल्ला अधिवेशन हुँदैछ।

एक उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। सहिदनगर नगरपालिका प्रमुख समेत रहेका दिनेशप्रसाद यादव, ललितकुमार मण्डल, रामपुकार यादव, राम शंकर पासवान र अबदुल मनान राइनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

यस्तै एक सचिवका लागि छ जनाको उम्मेदवार परेको छ। सचिवमा राम एकवाल शर्मा, राम नारायण कापरी, धर्मेन्द्रकुमार गोइत, उमेशप्रसाद महतो, सिताराम यादव र दिपेन्द्रकुमार कापरीले उम्मेदवारी दिएका छन्।

दुई उपसचिव पदमा छ जनाले उम्मेदवारी दिएका हुन्। उपसचिवमा राम बिहारी यादव, श्यामकुमार राउत, सीता देवी मण्डल, बेचन महतो, शशी चन्द्र याद र दिनेश महतोको उम्मेदवारी परेको छ।

त्यस्तै दुई कोषाध्यक्षमा तीन जनाको उम्मेदवार परेको छ। सुजिता यादव, मो. नजमुदीन राइन र अशोककुमार यादवले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २८ वैशाख २०८२ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App