१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

'प्रचण्ड जी तपाईं के बोल्दै हुनुहुन्छ?'

'सरकार डरले रुझेको बिरालो भएको छ' भन्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले कडा टिप्पणी गरेका छन्। सरकारको स्थायित्वको आधार तयार भएको बताउँदै पोखरेलले सोही कारणले नै तपाईंको पीडा र छटपटी बढेको देखिन्छ। होइन र? भन्दै प्रश्न गरे।  

दाहालले पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने एउटा पनि नगरेको बताएका थिए। ‘यो सरकारको रुझेको बिरालोको हालत भएको छ,’ उनले सभामा भनेका थिए, ‘सरकार २ तिहाइको छ तर मनमा डर बोकेर बसेको छ।’  

उनको यही भनाइलाई लक्षित गर्दै पोखरेलले विदेशी मुद्राको सञ्चिति बढेको र सोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको, बैङ्कको तरलता वृद्धि भएको, ब्याजदर घटेको छ र लगानी वृद्धि हुन थालेको बताएका छन्। त्यस्तै निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको उनले बताए। 

पोखरा-मुग्लिन सडक, गैडाकोट-बुटवल सडक आदि बनेको भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको दाबी गर्दै यसले दाहाललाई छटपटी बढेको महासचिव पोखरेलले बताए।

महासचिव पोखरेलको स्टाटस:

प्रचण्ड जी तपाई के बोल्दै हुनुहुन्छ ?  

सरकारको स्थायित्वको आधार तयार भएको बताउँदै एमाले नेता शङ्कर पोखरेलले  प्रचण्डलाई लक्षित गर्दे भने, सोही  कारणले नै तपाईँको पीडा र छटपटी बढेको देखिन्छ। होइन र?  

सरकार डरले रुझेको बिरालो भएको छ भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेका नेता शङ्कर पोखरेलले  कडा टिप्पणी गरेका छन्। सरकारको स्थायित्वको आधार तयार भएको बताउँदै पोखरेलले  सोही  कारणले नै तपाईँको पीडा र छटपटी बढेको देखिन्छ। होइन र? भन्दै प्रश्न गरे।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दे यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने एउटा पनि  नगरेको बताएका थिए।  ‘यो सरकार को रुझेको बिरालोको हालत भएको छ,’ उनले सभामा भनेका थिए, ‘सरकार २ तिहाइ को छ तर मनमा डर बोकेर बसेको छ।’  

उनको यही भनाई लक्षित गर्दे पोखरेलले , विदेशी मुद्राको सञ्चिति बढेको छ।सोधनान्तर स्थितिमा उल्लेख्य बचत  रहेको, बैङ्कको तरलता वृद्धि भएको छ। ब्याजदर घटेको छ। लगानी वृद्धि हुन थालेको  बताएका छन्। त्यस्तै निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको छ। जस्तो पोखरा –मुग्लिन सडक, गैडाकोट– वुटवल सडक आदी  बनेको भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको दाबी  गर्दे यसले प्रचण्डलाई छटपटी बढेको बताए ।

प्रकाशित: २८ वैशाख २०८२ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App