१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकारका मुख्यसचिव अर्याल भन्छन् : विकासमा राजनीति गरे पछि परिन्छ

सरकारका मुख्यसचिव एकनारायण अर्यालले विकासमा राजनीति गरे पछि परिने भएकाले त्यसो गर्न नहुने बताएका छन्।

स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाको सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिर परिसरमा नवनिर्मित अतिथि गृहको शनिबार उद्घाटन गर्दै मुख्यसचिव अर्यालले विकासलाई राजनीतिभन्दा माथि राखेर कार्य गर्नुपर्नेमा जोड दिए।

'विकास सबैको साझा हुनुपर्छ र त्यो राजनीतिभन्दा माथि राखेर अगाडि बढ्नु जरुरी छ। विकासका लागि सबैसँग सहकार्य गरी एकजुट भएर अगाडि बढ्नु जरुरी छ,' उनले भने, 'सबैको अपनत्व र सहकार्य भएमा विकासले गति लिन्छ, प्रभावकारी हुन्छ। राजनीति गर्न थालियो भने पूर्वाधार निर्माण पूरा नहुन सक्छन्, जसका कारण विकास निर्माण पछाडि धकेलिन पुग्छ।'

एकअर्काप्रति आग्रह पूर्वाग्रहभन्दा पनि सबै मिलेर सहकार्य र समन्वयका आधारमा काम गर्नुपर्ने मुख्यसचिव अर्यालको भनाइ थियो। विकास निर्माणमा राजनीतिक खिचातानी हुनु दुःखद पक्ष भएको उल्लेख गर्दै उनले राजनीतिबाट माथि उठेर विकास निर्माणमा सहभागी हुन सबैलाई आग्रह गरे।

प्रकाशित: २८ वैशाख २०८२ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App