सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा गौतमबुद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताएका छन्।
सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा शनिबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले गौतमबुद्धले सिकाएको अहिंसा र शान्तिका माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउनुपर्नेमा जोड दिए।
कन्फुसियसले प्रतिपादन गरेको सिद्धान्तबाट चिनियाँ समाज उन्नत भएको, भारतमा पनि आयुर्वेद दर्शनको परिपालनले समुन्नति एवं सत्मार्गमा अग्रसर हुन धेरैलाई प्रेरित गरेको बताउँदै उनले बुद्धले देखाएको मार्गमा हिँड्न र उनले दिएको शिक्षा अनुशरण हुनुपर्ने बताए।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाल नै हिमाल भएको देशलाई पर्यापर्यटनका साथै उत्तम ढङ्गले अतिथिको सत्कार गरेर समृद्ध नेपाल निर्माणको सपना साकार तुल्याउन सकिने विचार व्यक्त गरे।
प्रकाशित: २७ वैशाख २०८२ १६:०९ शनिबार