८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

युवा संघ अध्यक्षमाथि आक्रमण : दोषीलाई कारबाहीको माग

राष्ट्रिय युवा संघ नेपालको फुङलिङ नगर कमिटी, ताप्लेजुङले आफ्ना अध्यक्ष सन्तोष लिम्बूमाथि धारिलो हतियार प्रहार भएको भन्दै घटनामा संलग्नलाई खोजी गरी कानुनी कारबाही गर्न माग गरेको छ।  

नगर कमिटी उपाध्यक्ष काजी सुनुवारले जारी गरेको प्रेस विज्ञप्तिमा शुक्रबार साँझ फुङलिङ बजारको तोक्मे क्षेत्रमा हिँडिरहेको बेला सन्तोष लिम्बू सवार मोटरसाइकल रोकेर साङ्घातिक आक्रमण भएको दाबी गरिएको छ। विज्ञप्तिमा फुङलिङ नगरपालिका–४ का अशोक लिम्बू र सुरज लिम्बूसहितको समूह घटनामा संलग्न भएको उल्लेख छ।  

‘युवा संघ नेपाल लोकतन्त्र, विधिको शासन र कानुनी राज्यको पक्षमा दृढ छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लुकेर साङ्घातिक आक्रमण गर्ने व्यक्तिलाई खोजी गरी कानुनी दायरामा ल्याउन प्रशासनको ध्यानाकर्षण गराउँछौँ।’  

घटनामा घाइते लिम्बूको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको अस्पतालले जनाएको छ।

प्रकाशित: २७ वैशाख २०८२ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App