२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

समाजवादी महिला सङ्घको राष्ट्रिय महाधिवेशन आज

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला सङ्घ, नेपालले केन्द्रीय समितिको प्रथम राष्ट्रिय महाधिवेशन गर्न लागेको छ।

शनिबार मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र निधी सांस्कृतिक भवनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिनको १ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं महिला सङ्घकी केन्द्रीय अध्यक्ष निर्मला यादवले जानकारी दिएकी छन्।

उनका अनुसार महाधिवेशनमा सातै प्रदेश समितिबाट करिब तीन सय प्रतिनिधिहरू सहभागी हुनेछन्।

उद्घाटन सत्रको कार्यक्रमलाई पार्टीका महासचिव एवं मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, पार्टीका उपमहासचिव रेखा यादव, सचिव लिला सिटौला, कोषाध्यक्ष सुरिताकुमारी साहलगायतका नेताहरूले सम्बोधन गर्ने अध्यक्ष यादवले बताइन्।

आइतबार हुने महाधिवेशनको बन्द सत्रबाट सङ्घको नयाँ नेतृत्व निर्वाचित हुने बताइएको छ।

प्रकाशित: २७ वैशाख २०८२ ०९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App