१ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसनिकट मगर संघको महाधिवेशन साउन ३० र ३१ मा

नेपाली कांग्रेसको भातृसंस्था नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशन आउँदो साउन ३० र ३१ गते हुने भएको छ। शुक्रबार सभापति दिनेश थापामगरको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।  

बैठकपछि सभापति थापामगरले ‘जागरण, रुपान्तरण र मगर एकता’ भन्ने मुल नाराका साथ साउनमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए।  

यस्तै बैठकले महाधिवेशन सम्पन्न गर्न सभापति थापामगरको अध्यक्षतामा १०१ मुल व्यवस्थापन समिति गठन गरेको छ।  

यस्तै रिक्त केन्द्रीय सदस्य पदमा झापाका जगत रानामगर र धादिङका सरिता रानामगरलाई मनोनयन गरेको,  प्रदेश अधिवेशन गर्न बाकी रहेका बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशको अधिवेशन ०८२ जेठ मसान्तसम्म गरिसक्ने निर्णय गरेको पनि सभापति थापामगरले जानकारी दिए।  

यस्तै मगर संघको मुखपत्र ‘मगर सन्देश’को महाधिवेशन विशेषांक प्रकाशन गर्न केन्द्रीय सदस्य रामबहादुर थापामगरलाई जिम्मेवारी दिने र महाधिवेशनसम्पन्न गर्न विभिन्न चार उपसमिति गठन गरिएको छ।  

जसमा सहमहामन्त्री जितराज रानामगरको संयोजकत्वमा प्रचार उपसमिति,   कोषाध्यक्ष कृष्ण थापामगरको संयोजकत्वमा आर्थिक उपसमिति, केन्द्रीय सदस्य कोकिल अस्तानीमगरको संयोजकत्वमा खाना तथा वास व्यवस्थापन उपसमिति र  

केन्द्रीय सदस्य सरिता रानामगरको संयोजकत्वमा प्रतिनिधि दर्ता उपसमिति गठन गरिएको छ।  

प्रकाशित: २६ वैशाख २०८२ १७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App