१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी

आज प्रतिनिधि सभाको बैठक बस्दै छ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः बजे बैठक बस्ने छ।

आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने छ।

गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सीपल्टदेखि निरन्तर छलफल चलिरहेको हो।

साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त पत्रकाे बेहाेरासमेत जानकारी गराइने छ।  

प्रकाशित: २६ वैशाख २०८२ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App